मृत अवस्थामा फेला
काठमाडौं । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर बताउने ५२ वर्षीय नर बहादुर राई शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसल सञ्चालन गरी...
साताको पहिलो दिन सेयर बजारमा आरालाे
काठमाडौं । आज साताको पहिलो दिन आइतबार सेयर बजारमा नेप्से सुचक २६६७ अंकमा आरालाे लागेकाे छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो ।
कारोबार रकम समेत घटेको छ । अघिल्लो दिन...
५२औँ दक्षिण एसिया सम्मेलनमा महाकवि गिरिजाप्रसाद जोशीमाथि चर्चा
काठमाडाैं । अमेरिकाको म्याडिसन विस्कोन्सिनमा सम्पन्न ५२औँ दक्षिण एशिया सम्मेलनमा ‘नेपालभाषा साहित्य अनुवादमा सामूहिकतालाई मजबुत पार्न अन्तरदेशीय संलग्नता’ (Translational Engagements Strengthening the Collective in Nepalbhasa Literary Translation) बिषयमा एक राउण्ड टेबुल सम्पन्न भएको खबर...
‘गार्ड अफ अनर’ बाट सभामुख देवराज घिमिरे सम्मानित
काठमाडौं । कम्बोडियन संसदले सभामुख देवराज घिमिरेलाई ‘गार्ड अफ अनर’ सम्मानित गरेकाे छ ।
नेपालको शान्ति प्रक्रियामा प्राप्त गरेको सफलता र संसदबाट हालै संक्रमणकालीन न्याय सम्बन्धी कानुन पारित गरेको भन्दै सभामुख घिमिरेलाई कम्बोडियन संसदले गार्ड...
नेत्रविक्रम चन्दले क्रान्तिबाट विश्राम नलिने
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्।
नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा...
एमालेलाई कामपाले १ लाख रुपैयाँ जरिवाना गराइयाे
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ।
शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको...
आज प्रम ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिने भएका छन्।
हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन...
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नवनिर्मित भवन उद्घाटन
नुवाकोट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय नुवाकोट परिसरमा नवनिर्मित भगवती मन्दिर र नागरिक सहायता कक्ष भवनको शनिबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित नागरिक सहायता...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । सिन्धुलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमलामाई-९ इनारपानीस्थित मदन भण्डारी राजमार्गमा ना४७प ६४४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
भिमानबाट चन्दनपुरतर्फ जादै गरेको मोटरसाइकलका...
राष्ट्रिय स्तरमा कुरान प्रतियोगिता सराहनीय पहल : डा. अब्दुल गनि अल्कूफी
काठमाडौं । साउदी अरबको इस्लामी मामिला, दावत र मार्गदर्शन मन्त्रालयको आयोजनामा दोस्रो अल नेपाल हिफ्ज़-ए-क़ुरान प्रतियोगिता २१ देखि २३ डिसेम्बरसम्म काठमाडौँमा हुन गइरहेको छ। यो एउटा महत्वपूर्ण अवसर हो, जसले केवल पवित्र क़ुरानको शिक्षालाई...
























