दश दिनदेखि उपत्यकाको फोहाेर सडकमा
काठमाडौं। पासाङल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहाेर व्यवस्थापन कार्य दश दिनदेखि रोकिएको छ । पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण व्यवसायीद्वारा पटकपटक काम रोकिँदा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकाको नागरिकले भोग्नुपरेको...
चिङ्गाड गाउँपालिकामा गठबन्धन भत्किए
सुर्खेत । सुर्खेत जिल्ला भर भएको गठबन्धन चिङ्गाड गाउँपालिकामा भने भत्किएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीबीच भएको गठबन्धन भत्किएको हो ।
नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय...
देशभर आंशिकदेखि सामान्य बदली
काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं...
अभिनेता भुवन केसी नेपाली कांग्रेसमा
काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार बिहान केसीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका हुन्।
केसीसँगै अन्य दुई कलाकार रविन्द्र खड्का र स्वेता खड्का पनि कांग्रेस...
दाङमा बढ्दै निर्वाचनको माहोल
दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि दाङमा चुनावी सरगर्मी निकै बढेको छ । चुनावी मैदानमा उत्रिएका दल र स्वतन्त्र उम्मेदवार मत माग्न यतिखेर मतदाताको घरघरमा पुगेका छन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव...
पत्रकारको सुरक्षामा जोड दिँदै मनाइयो प्रेस स्वतन्त्रता दिवस
काठमाडाैं । विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाजले प्रेस स्वतन्त्रता र पत्रकारहरुको सुरक्षामा जोड दिँदै प्रदर्शन गरेको छ ।
२०७९ वैशाख २० गते वुटवलमा आयोजित प्रदर्शनमा बोल्दै शान्ति...
एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध उजुरी
काठमाडौं । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको उपप्रमुख (उपमेयर) मा नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
डंगोलविरुद्ध शैक्षिक योग्यता ढाटेर काठमाडौं महानगरपालिकामा विगत पाँच...
बैशाख २८ गते रिभर फल्स पावरको आईपीओ निष्कासन
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बैशाख २८ गतेदेखि निष्कासन हुने भएको छ।
यसअघि आयोजना प्रभावितद क्षेत्रका लागि सेयर जारी गरेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका...
नातिकाजी राष्ट्रिय संगीत पुरस्कार संगीतकार सन्तोष श्रेष्ठले पाए
काठमाडौं । २०७७ सालको नातिकाजी राष्ट्रिय संगीत पुरस्कार संगीतकार सन्तोष श्रेष्ठले पाएका छन् । संगीत विधामा उनलाई यो पुरस्कार प्रदान गरिएको हो ।
रचनातर्फ अरुण तिवारी, गायनतर्फ निशा देशार र शिव परियारले पनि नातिकाजी राष्ट्रिय...
सुनकाे मूल्य तोलामा १ हजार रुपैयाँका दरले घट्याे
काठमाडौं । बजारमा सुनको मूल्य पुन: घटेको छ। मंगलबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको...

























