देशभर थप १ लाख २३ हजार ५९० जनाले कोरोनाविरुद्धको खोप लगाए
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ११९ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा थप ८ जना र...
सरकारले दृष्टिविहीन आरोहीलाई रोयल्टीमा छुट
काठमाडौं । नेपाल सरकारले दृष्टिविहिन सगरमाथा आरोही अमिट केसीलाई सगरमाथा चढ्न रोयल्टी छुट दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को २४ चैतको निर्णय अनुसार रोयल्टी रकम छूट दिई १० लाख रुपैयाँ सहयोग समेत गर्ने निर्णय भएको...
हप्तामा दुई दिन बिदा हुने
काठमाडौं । सरकारले जेठ १ गतेदेखि लागू हुने गरेर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को वैशाख १३ गतेको बैठकले सो निर्णय गरेको हो।
कार्यालय समय पनि बिहान ९:३० देखि ५:३० सम्म कायम...
चार ग्रह आकाशमा एकैसाथ देखिन थाले
काठमाडौं । सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थालेका छन् ।
विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार यही वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा...
तास आयातमा रोक
काठमाडौं । ९ महिनामै ९८ लाख ८ हजार ‘बुक’ तास (प्लेइङ कार्ड) आयात भएपछि सरकारले तासको आयात रोकेको छ । गत साउनदेखि चैतसम्म मात्रै नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको तास आयात...
उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी
बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका बुटवल वडा नं. २ का वडाअध्यक्षका उम्मेदवार रमेश नेपालसहित ९ जनाविरुद्ध उजुरी परेको छ ।
वडाअध्यक्षमा उम्मेदवारी दिएका नेपाल गत चुनावमा...
भारतमा देशभर कोरोना संक्रमितको संख्या ९५ प्रतिशतले बढ्याे
एजेन्सी । भारतमा फेरि एकपटक कोरोना संक्रमणबाट नागरिकहरु डराउन थालेका छन् । पछिल्लो एक सातामा देशभर कोरोना संक्रमितको संख्या ९५ प्रतिशतले बढेको हो ।
दिल्ली–एनसीआरमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो एक हप्तामा भेटिएका...
राष्ट्र बैंकद्वारा दुई अर्ब पाँच लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः दुई अर्ब पाँच लाख रुपैयाँबराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आह्वान गरेको छ ।
राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंकहरु र...
नेपाल सरकारले मदिरालगायत १० प्रकारका सामग्री आयातमा रोक लगायो
काठमाडौं । सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भनदै विभिन्न १० प्रकारका सामग्री आयातमा रोक लगाएको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको हो।
सरकारले रोक लगाइएका सामग्रीमा...
निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम
काठमाडौँ । स्थानीय निर्वाचन २०७९ मा महिलाको प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम हुनेभएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रविष्ट सूचीबमोजिम कुल उम्मेदवारको करिब ३८ प्रतिशत मात्रै महिला उम्मेदवार छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा...

























