सरकार निर्वाचन सार्ने षड्यन्त्रमा लागेको एमालेका भातृसंगठनको आरोप
काठमाडौं । नेकपा एमालेसँग आवद्ध विभिन्न भातृसंगठनले निर्वाचको मुखमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेर निर्वाचन सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी,...
कांग्रेस संसदीय समितिमा थपिए पाँच सदस्य, शेखर र मिनेन्द्र पनि समितिमा
काठमाडौँ । नेपाली कांग्रेसले केही दिनअघि गठन गरेको संसदीय समितिमा पाँच सदस्य थप गरेको छ।
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले आज संसदीय समितिमा सदस्य थप गर्नुभएको पार्टीका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए। समितिमा नेताहरु...
टेलिकमको सोधपुछ तथा ग्राहक सेवा नयाँ संरचनाबाट
काठमाडौँ । नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सुरु गरेको छ।
केन्द्रको शुक्रबार सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भएपनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि...
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, कमल थापासहित थपिए आठ मन्त्री
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन अध्यक्ष कमल थापाको नेतृत्वमा जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई सिफारिश गरेको छ ।
पार्टीले राज्यमन्त्रीमा कुन्तीकुमारी शाही, सुशीलकुमार श्रेष्ठ, भाष्कर भद्रा र कान्ता भट्टराईलाई सिफारिश...
नयाँ शक्ति बाहिरियो वाम गठबन्धनबाट, आफ्नै चुनाव चिह्नबाट निर्वाचन लड्ने
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘देब्रे आँखा’ लिएर निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टीको शुक्रबार बसेको संघीय सचिवालयको...
आयोगले तोक्यो उम्मेदवारको अधिकतम खर्च सीमा, केन्द्रकाले २५ र प्रदेश सभाकाले १५ लाखसम्म खर्च...
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ ।
आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख...
निर्वाचन आयोगले भन्यो–नेताहरुको सुरक्षामा विशेष ध्यान दिनु
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिस्तरका नेताहरुको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई निर्देशन दिएको छ।
उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले मनोनयनपत्र दर्ता गर्ने दिनको सुरक्षा, पहिलो चरणको मतदानपछि सदरमुकाममा ल्याइएका मतपेटिकाको...
तीन दल बैठकमा प्रधानमन्त्रीले भने निर्वाचन निर्धारित मितिमै हुन्छ, सार्ने हल्ला निराधार हो
काठमाडौँ । प्रमुख तीन दल प्रतिनिधि सभा र प्रदेशको निर्वाचन निर्धारित मितिमै गर्न एकमत भएका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बैठकले आगामी मंसिर १० र...
गौचनको थकाली परम्परा अनुसार गरियो अन्त्येष्टि
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
सोमबार अपराह्न नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट मारिएका गौचनको थकाली परम्परानुसार अन्त्येष्टि गरिएको हो। उनको पार्थिव...
पाकिस्तानद्वारा बाढीपीडितलाई १० लाख अमेरिकी डलर सहयोगको घोषणा
काठमाडौँ । पाकिस्तान सरकारले हालैको बाढी प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापनाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासद्वारा आज जारी विज्ञप्तिमा बाढीपीडितको सहयोगका लागि सहयोग प्रदान गरिएको जनाइएको छ ।
प्रधानमन्त्री...

























