तामाङ समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न

न्युयोर्क/ तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ । १५ सेप्टेम्बर २०१८ को दिन प्रमुख निर्बाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६...

सांस्कृतिक कार्यक्रममा नशालुपदार्थ सेवन गरेपछि….

हनोइ/ सांस्कृतिक कार्यक्रममा नशालु पदार्थ सेवन गरेपछि भियतनाममा सात जनाको मृत्यु भएको छ भने पाँच जना अचेत अवस्थामा रहेका छन् । हनोइमा आइतबार राति अबेर भएको सांस्कृतिक कार्यक्रममा यस्तो घटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका...

बहुमूल्य रुबीले गाउँलेहरुका लागि बन्यो अभिशाप

मोन्टेपुज/ मोजाम्बिकको उत्तरी क्षेत्रका गाउँलेहरुले माणिक, पद्मराग, मणी, रत्नजस्ता विभिन्न नामले चिनिने बहुमूल्य रुबीको उत्खनन् गर्न थालेको एक दशक बितिसकेको छ । परम्परागत स्थानीय शासक क्रिस्टीना जोकिमले यो रुबी गाउँलेका लागि विषाक्त भाँडो मात्र...

फिलिपिन्समा शक्तिशाली आँधी आएपछि यस्तो खतरा

फिलिपिन्स/ फिलिपिन्समा पनि शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन नराम्रोसँग प्रभावित भएको छ । आँधीका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको अधिकारीहरुले जनाएका छन् । फिलिपिन्सको...

हवाई कारबाहीमा १८ को मृत्यु

अफगानिस्तान/ अफगानिस्तानको कन्दाहारमा अफगान सेनाले तालिबान आतङ्ककारी लक्षित हवाई कारबाहीमा कम्तीमा १८ जना लडाकू मारिएका र अन्य ११ जना घाइते भएका एक सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । तालिबान आतङ्ककारी लुकेर बसेको आशङ्कामा कन्दाहारको...

प्रमुख प्रतिपक्षी काङ्ग्रेसको कडा आलोचना गर्दै निकै आक्रामक बने मोदी

नयाँ दिल्ली/ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसको कडा आलोचना गरेका छन्। काङ्ग्रेसले प्रतिपक्षी दलका रूपमा राम्रो भूमिका खेल्न नसकेको आरोप लगाउँदै काङ्ग्रेसप्रति बिहीबार निकै आक्रामक देखिएका थिए । आफ्नो दल भारतीय...

अमेरिकामा अहिलेसम्मकै भयानक समुद्री आँधी

अमेरिका/ प्रतिघण्टा १ सय ९५ किलोमिटरको गतिमा बगिरहेको क्याटगोरी थ्रीमा राखिएको आँधी भयानक हुनसक्ने चेतावनी दिइएको छ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भयानक समुद्री आँधीको खतरा रहेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाहरुलाई घर छाडेर सुरक्षित...

अहिलेसम्मकै विशाल सैन्य अभ्यास गर्दै रुस

रूस/ रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८० पानीजहाज र एक हजार विमान, हेलिकोप्टर तथा मानवरहित...

ट्रम्प प्रशासनले प्यालेस्टिनी कार्यालय बन्द गर्ने

वासिङ्टन संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । 'प्यालेस्टिनीहरुले इजरायलसँग प्रत्यक्ष र अर्थपूर्ण सम्झौता गर्न अस्वीकार गरिरहेको अवस्थामा' राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले त्यस्तो कार्यालय अमेरिकामा...

भारतको मध्यप्रदेशबाट ११५ जना पक्राउ

भूपाल/ भारतको मध्यप्रदेश प्रहरीले सोमबार कम्तीमा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय कँग्रेसले सोमबार देशव्यापी विरोध प्रदर्शनको आयोजना गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। सरकारले पेट्रोलियम पदार्थमा मृल्य बुद्धि...

RECENT POSTS

HOT NEWS