अकालमा ज्यान गयाे विषाक्त मदिरा सेवनबाट

काठमाडौं । बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको  अकालमा ज्यान गयाे भने दुई जना गम्भीर बिरामी परेका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मदिरा सेवनबाट मृत्यु भएको हो । ज्यान...

संवैधानिक पदाधिकारीलाई पदमुक्तकाे माग गर्दै पूरक निवेदन दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा अध्यादेश जारी गरी संवैधानिक परिषद्को सिफारिसबाट नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई पदमुक्त गर्न माग गर्दै पूरक निवेदन दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

मोटरसाइकलमा ४८ वर्षीय युवाकाे शव फेला

काठमाडाैं । विराटनगर–५ बिजुली अफिस अगाडि मोटरसाइकलमा बसिरहेको अवस्थामा एक जनाको शव फेला परेको छ । कोशी राजमार्गको बिजुली अफिस सडक खण्डमा मोटरसाइकलमाथि  सुदर्शन न्यौपानेको शव फेला परेको हो । प्रहरी कार्यालय विराटनगर वडाका डीएसपी...

तीजको गीत ‘नक्कली कान्छी’ बजारमा

काठमाडाैं । गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ । गीतको भिडियो सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो । हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा...

घरेलु मदिरा सेवन पछि चारको मृत्यु, दुईको अबस्था गम्भीर

बागलुङ । बागलुङको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चार जना मजदुरको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भिर रहेको छ । गलकोट नगरपालिका–७ मल्म गहिरो खर्कको गलकोट बृहत खानेपानी खानेपानी आयोजनामा कार्यरत १४...

बझाङमा टेलिफोन र इन्टरनेट सेवा अवरूद्ध

बझाङ । विगत केही दिनदेखि लगातार परेको वर्षाका कारण घाम नलाग्दा बझाङका टेलिफोन टावरहरूमा राखिएका सोलारमा चार्ज नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको छ । सोलारको विकल्पमा जेनेरेटर राखिएका स्थान सदरमुकाम चैनपुर र बाताको टावरबाट टेलिफोन...

ऐतिहासिक नागेश्वरमा भक्तजन लामबद्ध

काठमाडौं । प्राचीन एवं ऐतिहासिक नागेश्वर महादेव मन्दिरको दर्शनार्थ भक्तजन उल्लेख्य सङ्ख्यामा उपस्थित भएका छन् । कोरोनाका कारणले मन्दिरको मूल ढोका बन्द गरिए पनि बिहानदेखि नै महिला दर्शनका लागि पूजा सामग्री लिएर लामबद्ध छन् । मन्दिरमा...

देशमा अहिलेसम्म ९४.७ प्रतिशत सङ्क्रमण मुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा एक हजार ६४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो...

साउनको चौथो हप्तादेखि कक्षा १२ को परीक्षा गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले परीक्षा सञ्चालन गर्न अनुमति दिने जानकारी आएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले...

स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु

काठमाडाैं । नेपालमा नै पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरिएको छ । टिचिङ फर्मा प्राइभेट लिमिटेडले पहिलो पटक क्यान्सरविरुद्धको औषधि उत्पादन सुरु गरेको हो । नेपालमा क्यान्सरको औषधि भारत र तेस्रो देशबाट आउने गर्दथ्यो...

RECENT POSTS

HOT NEWS