काेभिड १९ विरुद्धको दोस्रो खोप वैशाख ७ देखि लगाईने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो प्राथमिकतामा परेकाहरुको दोस्रो डोजको खोप आगामी वैशाख ७ देखि ११ गतेसम्म लगाउने तयारी गरेको छ । स्वास्थ्य समन्वय महाशाखा प्रमुख प्राध्यापक डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेकाहरुको...
म्यानमारमा लोकतन्त्र बहाली गर्न प्रदर्शन
काठमाडौं । म्यानमारमा लोकतन्त्र बहाली गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ। मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो।
प्रदर्शनका सहभागीहरुले म्यानमारमा लोकतन्त्र बहालीको माग गर्दै भइरहेको प्रदर्शनमा सेनाले गरिरहेको बर्बर दमनको निन्दा...
बम विस्फोट आरोपी दुई पक्राउ
काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरी रहेका छन्...
राजमो चौथो महाधिवेशनमा जुट्याे
काठमाडौं/आसन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय महाधिवेशनको लागि नेता कार्यक्रताहरू जुटेका छन्।
यही चैत २४, २५ र २६ गते हुने राष्ट्रिय जनमोर्चाको महाधिवेशनका लागि तीव्र रूपमा तयारी भइरहेको जनमोर्चाले जनाएको छ।
बुटवलमा हुने महाधिवेशनका लागि देश विदेशबाट...
साहित्यकार कृष्णप्रकाश श्रेष्ठ ८२ वर्षको उमेरमा निधन
काठमाण्डौ/साहित्यकार कृष्णप्रकाश श्रेष्ठको ८२ वर्षको उमेरमा गएराति निधन भएको छ । नेपाली र रुसी भाषाभाषीका सेतु मानिने श्रेष्ठ कोभिड १९ बाट सङ्क्रमित भएर मस्कोको एक अस्पतालमा उपचार गरिरहेका थिए ।
उनका ‘पुस्किनको जिन्सी’ खण्डकाव्यको रचनाका...
सेयर बजारमा नेप्से ३२ अंकले बढ्याे
काठमाडाैं । आज सेयर बजारको परिसूचक नेप्से ३२ अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५७५ अंकमा कायम भएको छ।
मंगलबार कारोबार रकम पनि बढेको छ। कुल ६ अर्ब १८ करोड रुपैयाँको सेयर किनबेच भयो।...
देशभरको तुवाँलो तत्काल सुधार हुने देखिँदैन, उच्च सावधानी अपनाउनुस्
काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ। मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल...
नेपालमा कोरोना संक्रमित १ सय ४१ जना थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसका आज १ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज...
गृहमन्त्रीको संयोजकत्वमा चौधरीको रिहाइका लागि वार्ता टोली गठन
काठमाडाैं। सरकारले थारु कल्याणकारी सभा, थारुहट संयुक्त सङ्घर्ष समितिसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती...
अव नर्भिक अस्पतालमै अनुहारमा आकृति मिलाउने आधुनिक शल्यक्रिया सुरु
काठमाडौं । नर्भिक अस्पतालले अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सुरु गरेको छ। जर्मन र ताइवानबाट विशेष तालिम गरी नेपाल फर्किएका चिकित्सकहरुबाट विभिन्न कारण अनुहारको आकृति असामान्य भएको मिलाउने शल्यक्रिया सुरुवात गरेको अस्पतालले जनाएको छ।
उच्चतम...

























