ठूला पार्टीहरुको हालत लाजमर्दो
दाङ । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका प्रमुख सचेतक एवं संघीय सांसद मेटमणि चौधरीले नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरुबाट मुलुक चल्न नसक्ने बताएका छन्।
एकीकृत समाजवादीको घोराही नगर कमिटीद्वारा बिहीबार सोनपुर भकारेमा आयोजित...
प्रमले भूकम्पपीडितलाई एक महिनाको पारिश्रमिक दिने
काठमाडौं । प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको जानकारी दिइन् ।
“प्रधानमन्त्रीलगायत...
सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत
काठमाडाैं । मन्त्रिपरिषदको बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।
‘मन्त्रिपरिषद् विधेयक समितिबाट पेश भएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०...
राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने दाबी
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि कुनै खतरा नरहेको जनाएका छन्। उनले इतिहास भइसकेको वंश परम्परा आधारित राजतन्त्र कुनै हालतमा फर्कन नसक्ने दाबी गरे।
निरंकुशताको आडमा व्यक्तिगत फाइदा लिएका...
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यूएईको भ्रमण गरे स्थगित
काठमाडौं । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) का लागि तय भएको भ्रमण स्थगित गरेका छन् ।
दुबईमा आयोजना हुन लागेको १८औँ दुबइ एयरशो, २०२३ मा भाग...
एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रमेश हमाललाई
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई दिइएको छ । हमाललाई कार्यबाहकको जिम्मेवारी दिएर अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा गएका हुन् ।
अध्यक्ष नेपाल नेतृत्वको १५ जनाको टोलीले...
नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने उत्तर कोरियाको निर्णय
काठमाडौं, २२ कात्तिक । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका प्रधानमन्त्रीका परराष्ट्र...
भुकम्प पीडितलाई रु १० करोड सहयोग
काठमाडौं । रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) ले ‘जाजरकोट भूकम्प’बाट प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको छ । स्वीजरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपत् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ) मार्फत नेपाल रेडक्रस सोसाइटीलाई...
संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न
काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्।
मंगलबार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले...
कांग्रेसले ५० लाख रुपैयाँ र एस पार्टीद्वारा २५ लाख रुपैँया बुझाए
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसले ५० लाख रुपैयाँ र एकीकृत समाजवादी नेकपा एसले २५ लाख रुपैँया बुझाएका छन्।
दुवै दलका नेतृत्वले मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...
























