पर्यटन मन्त्री योगेश भट्टराईले देउवालाई सुनाए मन्त्रालयको काम योजना
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो मन्त्रालयले गरीरहेको कामको बारेमा जानकारी दिएका हुन् ।
शनिबार बिहान पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति...
विप्लव नेतृत्वको नेकपामाथिको दमन सरकारले रोक्नु पर्छः महासचिव मोहन वैद्य
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले विप्लव नेतृत्वको नेकपामाथि सरकारको दमन गलत भएको बताएका छन् । महासचिव बैद्यले क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै...
रविलाई भेटेकोमा आइजीपी खनाललाई गृहमन्त्रालयको स्पष्टिकरण
काठमाडौं । गृहमन्त्रालयले प्रहरी महानिरीक्षक (आइजीपी)सर्वेन्द्र खनालसँग रवि लामिछानेलाई हिरासतमा भेटेको बारे स्पष्टीकरण सोधेको छ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका बेला लामिछानेलाई भेट गरेको भन्दै आइजीपी खनाललाई गृहमन्त्रालयबाट स्पष्टिकरण सोधिएको हो ।
पत्रकार...
सांसद गगन थापा धर्नामा
काठमाडौं / नेपाली कांग्रेसका सांसद गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै आफैं धर्नामा बसेका छन् ।
ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं...
राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं / सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ प्रमाणीकरण गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित...
शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित
काठमाडौं / राष्ट्रियसभाको आजको बैठकले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ लाई पारित...
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक सर्वसम्मतिले स्वीकृत
काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गरेको 'नेपाल मिडिया काउन्सिल विधेयक, २०७५ माथि विचार गरियोस्' भन्ने प्रस्ताव सभाबाट सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रियसभाको शुक्रबारको बैठकमा मन्त्री बाँस्कोटाले विधेयकको सैद्धान्तिक छलफलमा...
सरकारले कम्युनिष्टको नाम बदनाम गराए : मोहन वैद्य
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सत्तासीन पार्टीहरुले कम्युनिष्टको बद्नाम गराउने काम गरिरहेको आरोप लगाएका छन् ।
क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै वैद्यले जनतामा भ्रम...
कम्युनिष्ट सरकार स्वीकार्य भएपनि कम्युनिष्ट राज्य स्वीकार्य हुँदैन : विमलेन्द्र निधि
काठमाडौं / नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाएका छन् । उनले कम्युनिष्ट राज्य आफूहरुलाई स्विकार्य नहुने चेतावनी दिएका छन् ।
बिहीबार ग्लोवल युथ एलायन्सले काठमाडौमा आयोजना गरेको...
दुईतिहाइको दम्भलाई जनताको खबरदारी
काठमाडौं / चर्चित टेलिभिजनको कार्यक्रमको प्रस्तोता रवि लामिछाने हिजो अपरान्ह काठमाडौं आइपुगेका छन् । विमानस्थलमा आइपुग्दा उनलाई पञ्चेबाजासहित भव्य स्वागत गरिएको छ ।
हजारौं जनसहभागिताबीच उनको स्वागत गरियो । विमानस्थलमा उपस्थित रहेका सञ्चारकर्मीहरूसँग बोल्दै लामिछानेले...