महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं / निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
न्यायाधीश दिपक कुमार दाहालको इजलाशले महरालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।...
छिमेकी मुलुकसँग आपसी सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल : प्रधानमन्त्री ओली
काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको जनाएका छन् । उनले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा सँगसँगै अगाडि बढ्ने जनाएका छन् ।
नेपाल...
सांसद प्रमोद साह विमानस्थलबाट पक्राउ
काठमाडौं, / राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई आज त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाट पक्राउ गरिएको हो ।
महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाउँदैछ । जनकपुर विमानस्थलमा...
चिनियाँ राष्ट्रपतिको भ्रमणमा शान्ति कायम राख्न सफल भएको भन्दै गृहमन्त्रीले खुशी व्यक्त
काठमाडौं / गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रभावकारी रुपमा शान्ति, सुव्यवस्था कायम राख्न सफल भएको भन्दै सुरक्षाकर्मीहरुलाई धन्यवाद दिनुभएको छ ।आज गृहमन्त्रालयमा सुरक्षा निकायका अधिकारीहरुसँगको बैठकमा गृहमन्त्री थापाले भ्रमणका लागि...
छिमेकी देश चीनसँग समझदारी हाे, कुनै ऋण होइन, सबै अनुदान
काठमाडौं / चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सबै सम्झौता तथा समझदारी चिनियाँ अनुदानबाट कार्यान्वयन हुने जनाएका छन्। बहुचर्चित केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, केरुङ-काठमाडौं (सुरुङमार्गसहित) सडक निर्माण अघि बढाउने र अन्य प्राविधिक तथा...
बहुचर्चित काठमाडाैं-केरुङ रेलमार्ग: सम्भाव्यता अध्ययन गरिने
काठमाडाैं / नेपाल र चीनबीच बहुचर्चित काठमाडाैं–केरूङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चिनियाँ यातायात मन्त्रालयबीच सीमा पार रेलमार्ग सम्भाव्यता अध्ययनको सम्झौता भएको हो ।
चिनियाँ...
राष्ट्रपति सीले दिए ‘शरीर कुल्चने’ र ‘हड्डी तोड्ने’ चेतावनी
काठमाडौं / नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनलाई विभाजन गर्न खोजे ‘शरीरहरु कुल्चने’ र ‘हड्डीहरु तोड्ने’ चेतावनी दिएका छन् । हङकङमा लगातार सरकार विरोधी गतिविधि भइरहेपछि उनले आइतबार नेपालबाट यस्तो चेतावनी दिएका...
चिनियाँ पक्षद्धारा चीन उडानका लागि सहज बनाइदिने प्रतिवद्धता
काठमाडौं / नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज हुने भएको छ। चिनियाँ राष्ट्रपतिको दुई दिने राजकीय भ्रमणका क्रममा चिनियाँ पक्षले नेपाली एयरलाइन्सलाई चीन उडानका लागि सहज वातावरण बनाइदिने प्रतिबद्धता जनाएको छ।
राष्ट्रपतिको भ्रमणपछि प्रकाशित संयुक्त...
राष्ट्राध्यक्ष सीको भ्रमणको नयाँ अर्थ रहने प्रधानमन्त्री ओलीको धारणा
काठमाडाैं / नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अक्टोबर १२ र १३ तारिख नेपालको राजकीय भ्रमण गर्नुहुँदैछ। यसै सिलसिलामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौँमा चाइना मिडिया ग्रुपलगायत चिनियाँ मिडियालाई...
राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सीलाई यसरी बिदाइ गरियो
काठमाडौं / दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य बिदाइ गरिएको छ । सोल्टी होटलदेखि त्रिभुवन विमानस्थलसम्म उनी सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उनको बिदाइ...























