हडर्सफिल्डलाई १–० ले हराउँदै नटिङ्घमले प्रिमियर लिगमा स्थान सुरक्षित बनायाे
एजेन्सी । नटिङ्घम फरेस्ट इंग्ल्याण्डको शीर्ष डिभिजन फुटबल इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । वेम्बलीमा गएराति सम्पन्न च्याम्पियनसिपको प्लेअफमा हडर्सफिल्डलाई १–० ले हराउँदै नटिङ्घमले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको हो ।
खेलको ४३ औं...
रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि जित्याे
काठमाडौँ । रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि हात पारेको छ । फ्रान्सको पेरसमा भएको फाइनलमा स्पेनिस क्लब रियलले इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै उपाधि जितेको हो । भिनिसियस जुनियरले ५९ औं...
मालेमा जारी भलिबल एसोसिएसन कपमा नेपालकाे लगातार दोस्रो जित
काठमाडाैं । नेपाली राष्ट्रिय महिला भलिबल टाेलीकी सदस्य कामना विष्ट सम्मिलित माल्दिभ्स पुलिस क्लबले मालेमा जारी भलिबल एसोसिएसन कप २०२२ मा लगातार दोस्रो जित निकालेको छ ।
माल्दिभ्सको सोसियल सेन्ट्रल इन्डोर हलमा शनिबार भएको पोल...
एएफसी यू-२० एसियन कप छनोटका जेठ २० देखि २४ गतेसम्म खेलाडी छनोट गर्ने
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० राष्ट्रिय पुरुष टिमका लागि खेलाडी छनोट गर्ने भएको छ ।
एन्फाले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका जेठ २० देखि २४ गतेसम्म खेलाडी...
नेपाली टेनिस खेलाडी छनोट
काठमाडौं । आईटीएफ एसिया यू–१२ टिम प्रतियोगिताअन्तर्गत दक्षिण एसियाली क्षेत्रीय क्वालिफाइङका लागि ६ जना नेपाली टेनिस खेलाडी छनोट भएका छन् । ब्वाइजमा वृजेश अर्याल, आद्रित नेपाल, असभसम्राट हाडा तथा गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर र...
एसिया कप छनोटका लागि नवयुग श्रेष्ठ कप्तान
काठमाडौं । राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन् ।
मंगलबार राष्ट्रिय फुटबल टिमको बिदाइ गर्दै एन्फाले कप्तानको जिम्मेवारी श्रेष्ठलाई दिएको जानकारी दिएको छ ।
प्रशिक्षकसँगको विवादमा सिनियर ११ खेलाडी टिम बाहिर रहेपछि नवयुगले कप्तानको...
एन्फाको चुनावी साधारण सभा असार ६ गते हुँदै
काठमाडाैं । अखिल नेपाल फुटबल संघ एन्फाको चुनावी साधारण सभा असार ६ गते हुँदैछ।
अहिलेकै अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीच प्रतिस्पर्धा हुने यो चुनावी साधारण सभाका लागि दुवै पक्षले तयारी पनि तिब्र...
रोहित चन्दले इन्डोनेसियाको प्रिमियर डिभिजन क्लब पर्सिजा जकार्ता छाडे
काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको प्रिमियर डिभिजन क्लब पर्सिजा जकार्ता छाडेका छन् । रोहित दुईपटक पर्सिजासँग अनुबन्ध भएका थिए । पहिलोपटक २०१३ देखि २०१५ सम्म र दोस्रोपटक सन् २०१७ देखि पर्सिजाबाट...
एसिया कपका लागि नेपाली फुटबल टोली घोषणा
काठमाडौं । कप्तान तथा गोलरक्षक किरण लिम्बूबिना नै एसिया कप छनोट तेस्रो चरणका लागि शुक्रबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरिएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले घोषणा गरेको २३ सदस्यीय टिममा किरण परेनन् । उनले...
राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त भएका छन्।
नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई उपकप्तान नियुक्त गरेको हो।
क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि रोहितलाई उपकप्तान नियुक्त...

























