महोत्तरीमा काठ धमाधम बरामद हुँदै
महोत्तरी - कोरोना सन्त्रासबीच वन सुरक्षा गस्तीको सक्रियताले महोत्तरीका वनक्षेत्रबाट चोरी कटान गरिएका काठ धमाधम बरामद भएका छन् ।
पछिल्लो पटक आइतबार संयुक्त वन सुरक्षा गस्तीले जिल्लाको सागरनाथ वन विकास परियोजनाको क्षेत्रबाट चोरी कटान गरिएका...
श्रमिकको हित अनुकूल आर्थिक समुन्नती हासिल गर्न एकजुट हुने बेला हो : राष्ट्रपति
काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले...
शिक्षा मन्त्रालयले शुरु गरेको बेरोजगार युवा निःशुल्क तालिम लकडाउनले अन्योलमा
काठमाडौं - शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट परियोजना)ले विपन्न परिवारका बेरोजगार युवालाई लक्षित गरी चालू आर्थिक वर्षमा सुरु गरेको छोटो अवधिको तालिम अन्योलमा परेको छ ।
आधा समय तालिम लिएका युवा कोरोना भाइरसका...
विद्यार्थीको तरकारी बारीमै सड्दै
काठमाडौं - टीकापुर पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीले उत्पादन गरेको गोलभेँडाले बजार नपाएर बारीमै सड्न थालेको छ । लकडाउनका कारण गोलभेँडाले बजार नपाएपछि विद्यार्थी चिन्तामा छन् ।
इन्स्टिच्युट परिसरमै खेती गरेका उनीहरुको बारीमा दैनिक पाँच क्विन्टल...
आन्दोलन हुन थालेपछि बल्ल थाल्यो पोखरा महानागरले राहत वितरण
पोखरा, - राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको...
कोरोना सम्बन्धी वैकल्पिक चिकित्सा निर्देशिका जारी
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सा निर्देशिका जारी गरेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो निर्देशिकामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधिबाट घरमा उपलब्ध जडिबुटीको प्रयोगबाट कसरी इम्युनिटी पावर बढाउन सकिन्छ भन्ने...
काेराेना अपडेट : संसारभर ३० लाख ४५ हजार संक्रमित !
काठमाडौं / विश्वभरका २ सय १० देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
हालसम्म यो भाइरसका कारण ३० लाख ४५ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ९ लाख...
अध्यादेश फिर्ता गरेपछि सत्ता/ प्रतिपक्षका शीर्ष नेताहरू एक ठाउँ उभिए
काठमाडौं - सरकारले दुई अध्यादेश जारी भएको एक साता नबित्दै फिर्ता गरेपछि सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरू एक ठाउँमा उभिएका छन् । सत्ता पक्षका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल एवं प्रमुख...
प्रमकाे ओरालो यात्रा
काठमाडौं - मुलुकमा आइपर्ने कुनैपनि विपत्बाट देश र जनतालाई जोगाउन सिंगो मुलुकलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी कार्यकारी प्रमुखको हो। त्यसमा पनि कोरोना भाइरसले मानव सभ्यतालाई नै चुनौती दिइरहेका बेला देश र जनतालाई जोगाउन सबै...
स्पेनमा लकडाउन बढाउने सक्ने
एजेन्सी - स्पेनमा जारी गरिएको लकडाउन मे महिनाको मध्यसम्मका लागि बढ्न सक्ने बताइएको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजले मे महिनाको मध्यतिर लकडाउनको अन्त्य गर्ने योजना बनाइरहेको बताएका हुन्।
प्रधानमन्त्री पेड्रोले संसदमा बोल्दै जारी गरिएको लकडाउन बिस्तारै...
























