कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
भोजपुर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पौवादुङमा गाउँपालिका-६ बस्ने ४६ वर्षीय शान्त कुमार राईलाई घटनाको २४ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।
शान्त कुमारले २०५७ साउन १३ गते कुटपिट गर्दा गम्भीर घाइते भएका...
प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा नवनिर्मित भवनहरू उद्घाटन
रौतहट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ...
आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ः०० बजे बस्दैछ । संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नुहुने छ ।
यसैगरी बैठकमा...
सरकार मौन बसेको भन्दै गम्भीर आपत्ति
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियताप्रति सरकार मौन बसेको भन्दै नेकपा (माओवादी केन्द्र)ले गम्भीर आपत्ति जनाएको छ।
आइतबार बसेको पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले सरकारको स्पष्ट नीति नआएको भन्दै आलोचना गरे।
महासचिव गुरुङले सरकारको...
नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान
काठमाडौं । वर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा सञ्चालन हुने एशियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ प्रतियोगितामा सहभागिता जनाउन नेपाली चेस टोली श्रीलंकातर्फ प्रस्थान...
आज नेप्से परिसूचक दोहोरो अंकले घट्याे
काठमाडौं । आज पनि नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। गत साताको सोमबारदेखि परिसूचक निरन्तर रूपमा घटिरहेको छ। यसदिन नेप्से परिसूचक २०.६८ अंकले घटेर २७५१.४२ अंकमा झरेको छ।
३११ स्क्रिप्सको १ करोड ५० लाख ९४...
जुलुश निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौं
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैह्रसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।
गैह्रसरकारी संस्था महासंघको ११ औं महाधवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै...
राजावादीहरुको क्रियाकलाप जनताको भावना विपरीत
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राजावादीहरुको क्रियाकलाप जनताको चाहना र भावना विपरीत रहेको निष्कर्ष निकालेको छ । आज (सोमबार) बसेको केन्द्रीय सचिवालयको वैठकले जनताको लामो सङ्घर्ष र जननिर्वाचित संविधान सभाबाट स्थापित गणतन्त्रका विरूद्ध...
राप्रपाले कामपालाई एक लाख रुपैयाँ जरिवाना बुझायाे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । महानगरपालिकाले पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाउँदै जरिवाना गरेको...
दूरसञ्चारकी उपनिर्देशक बासुकला राष्ट्रिय नारीबाट सम्मानित
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले राष्ट्रिय नारी सम्मान २०८१ प्राप्त गरेकी छन् । दूरसञ्चार क्षेत्रमा योगदान पुर्याए वापत चन्द्रलोक प्रतिष्ठानले बासुकलालाई राष्ट्रिय नारी सम्मान २०८१ प्रदान गरेको हो ।
बासुकला विगत...

























