आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार
मकवानपुर / एक युवकले आफ्नै श्रीमतीमाथि चुलेसी प्रहार गरेको खुलासा भएको छ ।
हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुरेन वाईबालाई आफ्नै २५ वर्षीया श्रीमती सिता कुमारी मोक्तानलाई चुलेसीले प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा...
डिउटीमा खटिएका प्रहरीलाई रड प्रहार
काठमाडौं / डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरीडाँडास्थित वाँसको झ्याङमामादक पदार्थ सेवन...
जुवा र तास पनि प्रविधि युक्त, करोडपतिबाट एकैछिनमा रोडपति
काठमाडौं / मुलुकभर अवैध जुवालाई नियन्त्रण गर्न प्रहरीले दैनिक छापा मार्दै जुवाडेलाई पक्राउ गरिरहेको छ।
नेपालीहरुको दोस्रो महान चाड दीपावली नजिकिदै गर्दा अवैध जुवा अर्थात मिनि क्यासिनो घर–घरमा नै सञ्चालन भइरहेका छन् । सेटिङमा जुवा...
भरुवा बन्दुक बरामद
सिन्धुली / सुनकोसी गाउँपालिका-७ मझुवा बस्ने सुप्रिम लामाको गोठमा अबैध रुपमा लुकाइछिपाइ राखेको भरुवा बन्दुक १ थान सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
लामाको गोठमा भरुवा बन्दुक लुकाइ छिपाइ राखेको भन्ने सूचनाको आधारमा ईलाका...
नक्कली नेपाली रुपैयाँ एक हजार दरका ४ थान बरामद
बारा / आदर्शकोतवाल गाउँपालिका ५ रुपौलियाबाट चितवन राप्ती नगरपालिका-८ बीरेन्द्रनगर बस्ने पर्शुराम न्यौपानेलाई एक हजार दरका नक्कली नेपाली रुपैयाँ ४ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित मोहन सहनीले संचालन गरेको...
भालुको पित्त सहित ४ जना पक्राउ
काठमाडौं/ केन्द्रीय अनुसन्धान टोलीले संरक्षित वन्यजन्तु भालुको पित्त ओसारपसार खरिद बिक्री गरेको अवस्थामा ४ जना व्यक्तिलाई पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान टोलीले मिति शुक्रबार चावहिल गोपीकृष्ण नगरबाट सोलुखुम्बु बस्ने वर्ष २५ को रमित घतानी...
अवैधरूपमा बिक्री वितरण गर्न राखेको पटाका बरामद
काठमाडौं / कलंकीस्थित हारती खाद्यन्न स्टोरबाट अवैधरूपमा बिक्री वितरण गर्न राखेको बिभिन्न प्रकारका ६० प्याकेट पटका बुधबार दिउँसो महानगरीय प्रहरी वृत्तकालीमाटीबाट खटिएको प्रहरीले बरामद गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित विभिन्न पसलबाट करिब १२...
आफ्नै बुबामाथि चिर्पट प्रहार
अछाम / आफ्नै बुबा ५५ वर्षीय मिने ढोलीलाई चिर्पट दाउरा प्रहार गरी हत्या गरेको अभियोगमाचौरपानी गाउँपालिका-५ लुङ्ग्रा बस्ने प्रेम ढोलीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
चिर्पटको चोट लाग्दा मिनेको घटनास्थलमै मृत्यु भएको भन्ने...
आफ्नै बुबामाथि हँसिया प्रहार
कैलाली / आफ्नै बुबा ७५ वर्षीय काल्चे रावतलाई हँसिया प्रहार गरी हत्या गरेको अभियोगमा घोडाघोडी नगरपालिका-११ सिसैया टोल बस्ने छोरा उदय रावतलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
निज रावतले मादक पदार्थ सेवन गरी...
गोंगबुको एक होटलमा प्रहरीले गोलि चलायो
काठमाडौं / काठमाडौंको गोंगबुस्थित एक होटलमा प्रहरीले गोलि चलाएको छ ।
शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले होटेलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको हो ।
होटल नक प्रा.लि.को १०४ नम्बर कोठामा गएर...

























