अफगानिस्तानका मतदाताको समस्या : पन्ध्र पृष्ठको मतपत्र, ८०० उम्मेदवार, कसरी हाल्ने मत ?
काबुल/ आठ सयभन्दा बढी अनुहार छन् उम्मेदवारका । अनि मतपत्र १५ पृष्ठको । तर मत दिने हो एकजनालाई । अब कसरी हाल्ने मत ?
काबुलका मतदाताले आगामी अक्टोबर २० मा हुने निर्वाचनमा यस्तो समस्या झेल्दैछन्...
पपुवा न्यु गिनीमा शक्तिशाली भूकम्प
सिड्नी/ पपुवा न्यु गिनीमा बिहीबार बिहान सबेरै ७.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।
सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्नीच्युडको अर्को शक्तिशाली परकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो...
बंगलादेशका पूर्व प्रधानमन्त्रीका छोरालाई मृत्युदण्डको सजाय
बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई मत्युदण्ड फैसला सुनाएको छ ।
सन् २००४ मा र्यालीमा भएको बम आक्रमणमा दोषी रहेको भन्दै टारिक रहमानलाई मृत्युदण्डको सजाय सुनाइएको हो । यसमा दोषी...
भारतमा रेल दुर्घटना
नयाँ दिल्ली/ भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार छ जनाको मृत्यु भएको छ ।
साथै अन्य ३० घाइते भएका समाचारमा जनाइएको छ । उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुले सो समाचारको...
भारतमा इन्धनको मूल्यवृद्धि
नयाँदिल्ली/ भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।
नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु. १३१.२५) र...
हैटीमा विनासकारी भूकम्प
मेक्सिको सिटी/ हैटीमा शनिबार राति गएको ५.९ म्याग्नीच्यूडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
एकजना सरकारी प्रवक्ताले भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको जानकारी दिएका छन् । स्थानीय समयअनुसार...
कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु
किन्सासा/ प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् ।
दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा...
भारतीय सैनिक विमान दुर्घटनाग्रस्त
नयाँ दिल्ली/ भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लास्थित उखुबारीमा सो विमान दुर्घटनाग्रस्त भएपछि चालकहरु बाहिर निस्किेका थिए ।...
भारत र रुसबीच पाँच अर्ब डलरको हतियार खरिद सम्झौता
नयाँदिल्ली/ भारतको औपचारिक भ्रमणका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज बिहीबार साँझ नयाँदिल्ली आउँदैछन् । रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच करिब ५ अर्ब डलरको अध्याधुनिक एस–४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौता...
तेस्रो विश्व युद्धको संकेत , अमेरिका-रुस सम्बन्ध तनावमा
वाशिंगटन/ विश्वका दुई ठुला शक्ति अमेरिका र रुसको सम्बन्धमा तनाब उत्पन्न हुने देखिएको छ । यि दुई देशहरुका बिचमा प्रतिष्ठाको लडाई समयसमयमा चलिरहेको हुन्छ । उनिहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आफ्नो शक्ति प्रर्दशन गरिरहेका...

























