दुई खाद्य बस्तु उत्पादन एवं बिक्री वितरण गर्ने प्रालि सिल
काठमाडौं । अखाद्य बस्तु उत्पादन र बिक्री गरेको अभियोगमा प्रहरीले स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनि प्रालि र श्रीतारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रालि सिल गरेको छ ।
ललितपुर महानगरपालिका–२७ सुनाकोठी ओखटमा सिन्धुपाल्चोक बाडेगाउँ गाउँपालिका–१...
गण्डकीकाे हिउँदे अधिवेशन २६ फागुनदेखि
काठमाडौं । गण्डकी प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ गतेबाट आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
सरकारले बिजनेश दिन नसक्दा असोज अन्तिम सातादेखि बैठक रोकिएको थियो। गण्डकी मन्त्रिपरिषद् बैठकले...
शिक्षक महासंघका ५१ बुँदे माग कार्यान्वयन गर्न शिक्षा मन्त्रालय तयार
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो।
सहमति...
धरानमा छुट्टा–छुट्टै स्थानमा टाउको, खुट्टा फेला परेको शवको पहिचान खुल्यो
काठमाडौं । हत्या गरी टाउको, खुट्टा र शरीर छुट्टा–छुट्टै ठाउँमा फालिएको अवस्थामा भेटिएको शवको सनाखत भएको छ।
फागुन ४ गते धरान–भेडेटार सडक खण्डमा पर्ने जंगलमा छुट्टा–छुट्टै स्थानमा जेब्रा झोलामा फेला परेको शव झापाको दमक नगरपालिका–५...
जग्गा अभाव झेल्दै हेटौँडा औद्योगिक क्षेत्र
हेटौँडा। हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ लगानीकर्ताले उद्योग स्थापना गर्न जग्गा अभाव झेल्दै आएका छन् । पहुँचका आधारमा जग्गा ओगट्ने प्रवृत्ति बढ्दै गएपछि नयाँ उद्योग स्थापनाका लागि जग्गा अभाव भएको हो ।
यस औद्योगिक क्षेत्रभित्र स्थापना गरिएका...
बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ
काठमाडौं । मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा...
नेपालमै उत्पादित क्यान्सरको औषधि बजारमा
काठमाडौं । नेपालमा पहिलो पटक उत्पादन भएको क्यान्सर रोग विरुद्धको औषधि (एन्टीक्यान्सर ड्रग) बजारमा आएको छ।टिजिग फार्मा प्रालिले उत्पादन गरेको एन्टी क्यान्सरको औषधि बजारमा आएको हो।
यो सँगै टिजिग फार्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन...
ब्रिगेड ब्वाइज ए डिभिजनबाट घटुवा
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत साेमबार सम्पन्न खेलमा ब्रिगेड ब्वाइज क्लब सातदोबाटो यूथ क्लबसँग पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा सातदोबाटोले ब्रिगेडलाई ३-२ गोलअन्तरले हारएको हो। खेलको १३ औं मिनेटमा...
उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना
भरतपुर । बागमती प्रदेशअन्तर्गत उपत्यका बाहिरका १० जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने जिल्लाका रूपमा चितवन रहेको छ। प्रदेश ट्राफिक कार्यालय रामनगरका अनुसार मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीमध्ये चितवनमा सबैभन्दा...
एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट
काठमाडौं । प्रतिनिधिसभा बैठकमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका...

























