सरकारले महासचिव विप्लवको सुरक्षामा १० प्रहरी खटाइए
काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षामा १० जना प्रहरी खटाएको छ। इन्सपेक्टरको कमाण्डमा १० जना प्रहरी खटाइएको जानकारी प्राप्त भएको छ ।
वार्ताबाट शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षा व्यवस्था मिलाउनु...
धुम्बाराहीमा एमालेको बोर्ड
काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि धूम्रबाराहीस्थित एमाले पार्टी कार्यालयमा साइनबोर्ड फेरिएको छ ।
अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको...
श्रमिक महिला आफ्ना हक अधिकार प्राप्तिको आन्दोलनमा संघर्षरत
काठमाडौं । सर्वोच्चद्वारा आइतबार खारेज गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
दिवसको अवसरमा सोमबार विज्ञप्ती जारी...
महिला अधिकारका लागि आन्दोलन : पम्फा भुसाल
काठमाडौं — नेकपा दाहाल–नेपाल नेतृत्वको साविकको नेता पम्फा भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने जनाएकी छिन् । १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा अनेरास्ववियूले आयोजना गरेको टेम्पो चालक महिला सम्मान कार्यक्रमलाई...
महिलाको समानुपातिक सहभागिता कार्यान्वयन लागि प्रयत्नको खाँचो : राष्ट्रपति भण्डारी
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो औँल्याउनुभएको छ ।
सोमबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले...
आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाण्डौ । सर्वोच्चको फैसलापछि पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ। गएको पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते १३ दिन भित्र अधिवेशन बोलाउन आदेश दिएको...
पूर्वमन्त्री गिरीका पिता ८३ वर्षको उमेरमा निधन
काठमाडौँ– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीलाई पितृ शोक परेको छ। गिरीका बुवा लोकमणि गिरीको शनिबार दिउँसो ८३ वर्षको उमेरमा निधन भएको छ।
गिरीको तुलसीपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। वि.सं....
नेकपाका सांसद प्रतिनिधिसभा बैठकमा सत्तापक्षकै बेन्चमा
काठमाडौँ– दुई खेमा विभाजन भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह र प्रचण्ड–नेपाल समूह)लाई सत्तारुढ दल...
प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक आज बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्दैछ। बैठक शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
बैठकमा आइतबार बस्ने प्रतिनिधिसभाको अधिवेशनलाई कसरी प्रभावकारी बनाउने, त्यहाँ आउनसक्ने...
आइतबारदेखि सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन शुरु
काठमाडौँ, फागुन २२ गते । सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण...






















