प्रतिनिधिसभाका तीन जना सांसद निलम्बित
काठमाडौं । प्रतिनिधिसभाका तीन जना सांसद निलम्बित भएका छन् । पछिल्लो पटक बिहीबार नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत निलम्बित भएसँगै तत्काललाई प्रतिनिधिसभाका तीन सांसद निलम्बनमा परेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद प्रकरणमा...
प्रतिनिधिसभाको दुई संसदीय समितिको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुई संसदीय समितिको छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पेस भएको छ ।
बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन, २०८२’ र कानुन, न्याय तथा...
उपप्रधानमन्त्री र एडीबीका उपाध्यक्ष फातिमा एस्मिनबीच भेट
काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष फातिमा एस्मिनले शिष्टाचार भेट गरेकी छन् ।
सहरी विकास मन्त्रालयमा बिहीबार भएको भेटका क्रममा एडीबीसँगको सहकार्यमा चलिरहेका आयोजनाको समीक्षा, नयाँ आयोजनामा लगानीको सम्भावनाबारे...
रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैन : रवीन्द्र मिश्र
काठमाडौं । गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगातार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
चैत १५ गते दिउँसो पत्रकार सुरेश रजक र यातायात मजदुर...
मुलुकलाई सङ्कटबाट जोगाउने किसिमले अगाडि बढ्नुपर्नेमा जाेड
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले यथास्थितिवादको निरन्तरतामा रहेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकको विद्यमान समस्या समाधान गर्न चुनौतीपूर्ण देखिएको जनाएका छन् ।
बैठकमा...
एनआरएनएलाई दलीय हितमा प्रयोग नगर्ने
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने जनाएका छन्।
बुधबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले...
आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा जोड
काठमाडौं । उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी...
एमालेको केन्द्रीय कार्यालय चन्दा उठाएर बनाउन नसकिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कार्यालय चन्दा उठाएर बनाउन नसकिने जनाएका छन् ।
बनेपा नगरपालिका–१० भैँसेपाटीस्थित अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को बालुवाटारबाटै निर्माण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्...
जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिए
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् ।
जनमतकी समानुपातिक सांसद गुरुङले प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरलाई राजीनामा पत्र पठाएकी हुन् ।
जनताले तिरेको करबाट...
समाजवादी गणतन्त्र निर्माणमा साथ दिन प्रचण्डकाे आग्रह
सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी गणतन्त्र निर्माणमा साथ दिन सबैलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आजदेखि सुरु भएको पार्टीको भातृ सङ्गठन वाइसीएल (योङ कम्युनिस्ट...
























