सातै प्रदेशका प्रमुख पदमुक्त

काठमाडौं  / सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएको हो...

महराको थुनछेक बहस भोलि पनि जारी

काठमाडौं / जिल्ला अदालत काठमाडौंमा भएको निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको मुद्दामा थुनछेक बहस हेर्दा हेर्दैमा राखिएको छ । आज आइतबार ११ बजेबाट सुरु भएको बहसमा महराका तर्फबाट अधिवक्ता लभप्रसाद मैनाली र भोजराज आचार्यले बहस गरेका...

त्रिविको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त

काठमाडौं / देशकै जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा.धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले डा.बास्कोटालाई त्रिवि उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिविको उपकुलपतिका लागि बास्कोटासँगै डा भगवान कोइराला र चन्द्रमणि...

गाँउपालिका अध्यक्षको विकासको कार्य देखेर विकास विरोधीहरु आत्तिए

दार्चुला / दार्चुला जिल्ला नौगाड गाँउपालिकाका अध्यक्षले पार्टी भित्र र बाहिरका बिकास बिरोध तत्वहरु आत्तिएको जनाएका छन् । अहिले विकासको काम मा सक्रिय रुपमा क्रियाशील भएर काम गरिरहेको गाँउपालिकाको विकासको काम देख्न नसकेर पार्टीभित्र र...

प्रधानमन्त्री ओलीले निवासमै मन्त्रिपरिषद् बैठक

काठमाडौं /  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मेडिकल काउन्सिल अध्यक्षका रुपमा भगवान कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले निवासमै मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । १२ बजेपछि बसेको मन्त्रिपरिषद् बैठक झन्डै डेढ...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौँ– स्वास्थ्यका कारण सार्वजनिक कार्यक्रममा सहभागी हुन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले बालुवाटारमा आजै मन्त्रिपरिषद बैठक र पार्टी सचिवालयको बैठक...

प्रधान मन्त्री ओलीद्वारा छठपर्वकाे उपक्ष्यमा शुभकामना

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने जनाउनुभएको छ । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गर्नुभएको छ...

नेकपाको सचिवालय बैठक निष्कर्ष बिहीन, भाेलि पुनः बस्दै

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठकले उप-निर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आज समय अभावका कारण उम्मेदवारको चयन...

नेकपाका कार्यकर्ता पक्राउ गर्न खोज्दा प्रहरीमाथि स्थानीयले गरे ढुंगामुढा

काठमाडाैं / प्रहरीलाई गाउँमा गस्ती नगर्न भन्दै बेलाबेला फोनमार्फत धम्काउन खोज्ने नेकपाका कार्यकर्तालाई बुधबार बिहान पक्राउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरेका छन्। समाचार नागरिक डटकममा मुगुबाट सुमन मल्लले लेखेका छन् । बेलाबेला फोन...

राष्ट्रिय एकता अभिवृद्धिमा प्रेरणा मिल्ने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा आज शनिबार...

RECENT POSTS

HOT NEWS