काँग्रेस संसदीय समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १७ सदस्यीय संसदीय समिति गठन गरेका छन्।
समितिमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि,...
वाम गठबन्धनले देशलाई स्वाधीन बनाउँछः ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठनबन्धन भएको बताएका छन्।
गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग आज भक्तपुरको बालकोटस्थित निवासमा...
निर्वाचन आयुक्तद्वारा निर्वाचन अधिकृतलाई सुध्रन चेतावनी
काठमाडौँ । निर्वाचन आयुक्त सुधीरकुमार साहले निर्वाचनमा खटिने जिल्ला न्यायाधीशहरुलाई ‘सुध्रिन’ निर्देशन दिएका छन्।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खटिने जिल्ला न्यायाधीश तथा न्यायाधीशका लागि काभ्रेको धुलिखेलमा आयोजित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी...
दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गर्न माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव...
काठमाडौँ ।आगामी दुई वर्षभित्र नोटलाई विद्युतीय मुद्राले विस्थापन गरी भ्रष्टाचार रोक्न माग गर्दै नेपाली कांग्रेसका धनराज गुरुङले संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन।
भ्रष्टाचारको जालोबाट कोही अछुतो नरहेको र भ्रष्टाचार नरोक्दासम्म मृलुक...
सरकारलाई राप्रपाको समर्थन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थनका लागि पत्र बुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राप्रपाका प्रमुख सचेतक कुन्तीकुमारी शाहीको नेतृत्वमा गएको टोलीले पार्टीका तर्फबाट सरकारलाई समर्थन रहेको भन्दै पत्र...
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै राजधानीमा गोली हानी हत्या
काठमाडौँ । अज्ञात समूहको गोली प्रहारबाट नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ ।
सोमबार अपरान्ह करिब तीन बजेतिर काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वरको खरीबोट प्रयागमार्गमा हतियारधारी समूहले चलाएको गोलीबाट घाइते...
समाजवादका लागि माओवादी केन्द्र बिघटनः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले नेकपा माओवादी केन्द्र, नेकपा एमालेलगायतका वामपन्थी पार्टीहरुसँगको एकताले महान बहसको सुरुवात हुने बताएका छन्।
सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा वाइसिएलले आयोजना गरेको स्कूलिङ कार्यक्रमको उद्घाटन गर्दै...
अनसनकैबीचमा केसीले गरे माग परिवर्तन, चार बुँदाबाट सात बुँदे बनाए
काठमाण्डौँ । चिकित्सा क्षेत्र सुधारको माग राखेर १३अौँ अनशन बसेका डाक्टर गोविन्द केसीले अनसनको तेस्रो दिन मागहरुलाई परिमार्जन गरेका छन्। ४ बुँदे माग राखेर अनशन बसेका केसीले माग परिमार्जन गर्दै ७ बुँदे बनाएका छन्।
अनशन...
प्रचण्डले भने–राष्ट्रिय आवश्यकताले एकीकरण प्रक्रिया थालेका हौँ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आवश्यकता र समयको मागअनुसार वामपन्थी शक्ति एकै स्थानमा उभिनु पर्ने अवस्था आएको बताएका छन्।
नेकपा मालेबाट व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सांसद कलसा महरा र सो पार्टीका...
मोहन वैद्यको आरोपः वाम गठबन्धन राज्यसत्ता प्राप्त गर्ने रणनीति
पोखरा । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालको वाम गठबन्धन राज्य सत्ता प्राप्त गर्ने रणनीति मात्रै भएको बताएका छन्।
पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको आइतबार पोखरामा उद्घाटन गर्दै...























