राष्ट्रिय जनता पार्टीको महाधिवेशन कात्तिक २८ गतेदेखि
जनकपुरधाम / राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन कात्तिक २८, २९ र ३० गते हुने भएको छ । वैशाख ८ देखि १३ गतेसम्म काठमाडौंमा बसेको पदाधिकारी बैठकले कात्तिकमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।...
राष्ट्रपति भण्डारीले पाँच हजार विदेशी प्रतिनिधिहरूमाझ नेपालीमै सम्बोधन गर्दै
बेइजिङ / चीनको बेइजिङमा चलिरहेको दोश्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भाषामै सम्बोधन गर्नु भएको छ ।
विभिन्न ३७ वटा मुलुकका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव...
चीनबाट नेपाललाई १६ अर्ब ८० करोड रुपैयाँ सहयोग हुने
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो चीन राजकीय भ्रमणमा उनीसँगै परराष्ट्रमन्त्री प्रदिप ज्ञावली लगायत उच्च जनप्रतिनिधि र उच्च कर्मचारी सहभागी भएको भ्रमणले नेपाल र चीनको सम्बन्ध अझ प्रगाढ बन्दैछ ।
नेपाल र चीनबीच विभिन्न सहयोग...
सरकारले कतारका लागि नेपाली राजदूत फिर्ता बोलाउने निर्णय
काठमाडौं / सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ। आज बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकार प्रवक्ता गोकुल बाँस्कोटाले कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिएका...
एकता घोषणाप्रति नेता झलनाथ खनालको असन्तुष्टी
काठमाडौं / एकतापछि वरियातामा आफूलाई अन्याय गरिएको भन्दै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले असन्तुष्टी व्यक्त गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा कुरा गर्दै खनालले वरियतामा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालपछि आफ्नो...
बेलगाम सरकारलाई सडकबाट बामगठबन्धनको चुनौती
काठमाडौं / सरकारका काम कारबाही, नागरिकता वितरण लगायतका विषयमा पाँच राजनीतिक दलले कार्यगत एकता गर्दै आन्दोलनका कार्यत्रम घोषणा गरेका छन् । मुलुकमा बाम नेतृत्वकै दुई तिहाई बहुमतको सरकार हुँदा सरकारका काम कारबाहीलाई लिएर विरोध...
सिके राउतले बुझाए सरकारलाई नामावली
काठमाडौं / सिके राउत नेतृत्व जनमत पार्टीले मुद्दा लागेका आफ्ना कार्यकर्ताहरुको नामावली गृहमन्त्रालयलाई बुझाएको छ । सरकार र स्वतन्त्र मधेशबीच भएको सम्झौता कार्यान्वयन समितिका संयोजक चन्दन सिंहले सो नामावली बुझाएका हुन् ।
फाल्गुण २४ गते...
सरकारविरुद्ध नौ विद्यार्थी संगठन आन्दोलित
काठमाडौं / विद्यार्थी संगठनहरू ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलित भएका छन् । अनेरास्ववियु (पाँचौ)को कार्यालय, रातोपुल काठमाडौमा बसेको नौ वटा विद्यार्थी संगठनहरूको संयुक्त बैठकको निर्णय सार्वजनिक गर्दै वैशाख १७ गते केपी ओली नेतृत्वको सरकारविरुद्ध वृहत...
भ्रष्टाचार,र ढिलासुस्ती लोकतन्त्रका सत्रु हुन् : नगर प्रमुख पाण्डे
शरद रेग्मी
तुलसीपुर / तुलसीपुर उपमहागनरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता लोकतन्त्रका सत्रु भएको बताएका छन् । मानव अधिकार तथा शान्ति समाज दाङले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको अन्तरक्रीया कार्यक्रमलाई सम्बोधन गर्दै...
भारतमा तेश्रो चरणको लोकसभा निर्वाचन सम्पन्न
एजेन्सी– भारतमा तेश्रो चरणको लोकसभा निर्वाचन सम्पन्न भएको छ । मंगलबार ११७ लोकसभा सिटका निर्वाचन सम्पन्न भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
यस निर्वाचनलाई भारतीय जनता पार्टीका अध्यक्ष अमित...























